
वीरगञ्ज, १४ कार्तिक ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आईतवार वीरगञ्ज आएका छन् । यादव वीरगञ्ज आउँदा उनको सुरक्षाको विषयमा विभिन्न व्यक्तिहरुलाई चासो दिएका थिए । कारण असोज २३ गतेको प्रदर्शन ।
असोज २३ गते वीरगञ्जको घण्टाघरमा उपेन्द्र यादवको पुतला दहन गर्दै उनलाई जसपाकै कार्यकर्ताहरुले वीरगञ्ज प्रवेशमा निषेध गर्ने चेतावनी दिइएका थिए । प्रदिप यादवलाई मन्त्रीपरिषद्मा सामेल नगराएको भन्दै आक्रोशित कार्यकर्ताहरुले अध्यक्ष यादवलाई पर्सा जिल्ला प्रवेश गर्न नदिने चेतावनी दिएका थिए ।
यादवलाई कालो नागको संज्ञा दिँदै विभिन्न नारावाजी गर्नेहरु दुलोभित्र छिरेको टिप्पणी भइरहेको छ । यद्यपी अध्यक्ष यादव भने निडर भएर तामझामका साथ वीरगञ्ज आएर जसपाको बृहत समारोहलाई पनि सम्बोधन गर्ने छन् ।