काठमाडौं १४ कात्तिक । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।
आइतबार अध्यक्ष सुनीता बरालसहितको टोलीले उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेट गरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको हो ।
विश्वविद्यालयमा शिक्षा सुधारका विभिन्न माग राख्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शुल्क निर्धारण गरेको भन्दै फिर्ता लिन माग गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सचलन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।
विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक सत्र प्रारम्भ परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ । त्यस्तै सेमेस्टरको हकमा महिनाभित्र र वार्षिक परीक्षाको हकमा ३ महिनाभित्र परीक्षाफल प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।
वीरगंज, २१ असोज । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको...
२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।
चौपाया खरिद बिक्री...
वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न व्यापारी र...
पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल परिसरमा शुक्रवार पनि...
वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ ।
बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हात्तीको आक्रमणबाट...