एजेन्सी । चीनले श्रीलंकाको एक बैंकलाई कालोसूचीमा राखेको जनाइएको छ। चीनबाट आयात गर्न खोजिएको जैविक मलको आपूर्ति रोक्ने निर्णय गरेसँगै बैंकलाई कालोसूचीमा राखिएको बताइएको छ।

जैविक मल आयातका सम्बन्धमा ‘दुर्भावनापूर्ण’ लेटर अफ क्रेडिट डिफल्ट’ को हवला दिँदै श्रीलंकको एक सरकारी बैंकलाई चीनले कालोसूचीमा राखेको आरोप लगाइएको छ।

श्रीलंकाले पछिल्लो समय चीनको एक कम्पनीबाट जैविक मल आयात गर्न माग पेश गरेको थियो। आपूर्ति भएको मल गुणस्तरीय नदेखिएको बताउँदै श्रीलंकाका अधिकारीले चीन नै र्फिता गरेपछि समस्या आएको बताइएको छ। चिनियाँ कम्पनीलाई लेटर अफ क्रेडिट डिफल्ट दिने श्रीलंकाको बैंकले चिनियाँ कम्पनीलाई पैसा भुक्तानी गर्न नमानेपछि कालोसूचीमा राखेको जनाइएको छ।

चीनको वाणिज्य मन्त्रालयले ‘डिफल्ट’ का कारण श्रीलंकासँग अन्तर्राष्ट्रिय व्यापार गर्ने चिनियाँ कम्पनीहरुलाई ठूलो नोक्सान भएको छ।श्रीलंकास्थित चिनियाँ दूतावासलाई टिट्वरमार्फत जवाफ दिँदै श्रीलंका पिपल्स बैंकले आफूले अदालतको निर्णयको पालना गरेको बताएको छ। अदालतको निर्णयले चिनियाँ कम्पनीलाई भुक्तानी नगर्न बैंकलाई आदेश दिएको थियो।

बैंकले शुक्रबार एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘कानूनी अड्चन हट्नासाथ सामान्य व्यापारिक तरिकाले लेटर अफ क्रेडिट भुक्तानी तुरुन्त प्रभावी भइहाल्छ।’

पछिल्लो हप्ता मात्रै श्रीलंकामा जैविक मल ल्याउने एक चिनियाँ जहाजलाई देश प्रवेशमा रोक लगाइएको थियो। उक्त मलमा हानिकारक ब्याक्टेरिया देखिएको श्रीलंकाले आरोप लगाएको थियो।

समाचारहरुमा जनाइएअनुसार श्रीलंकाको एक उच्च न्यायालयले चिनियाँ कम्पनी चिंगदाओ सीविन बायोटिक ग्रुप लिमिटेडको ९६ हदार टन मलका लागि कुनै पनि प्रकारको भुक्तानी नदिन आदेश दिइएको छ।

दुई देशबीच भइरहेको यस प्रकारको विवादले श्रीलंकामा कृषि संकट हुनसक्ने आकलन गरिएको छ। अघिल्लो वर्षको मार्चबाट श्रीलंकाले रासायनिक मलको सट्टामा जैविक मल प्रयोग गर्ने निर्णय लिएको छ। उक्त निर्णयलाई सरकारले अचानक लिएको निर्णय भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय