spot_img

spot_img

प्लास्टिकसँग प्रतिस्पर्धा गर्न नसक्दा संकटमा कुमालेको पेशा

जनकपुरधाम। दशैं जसोतसो टारेका कुमाल समुदाय (माटाका भाँडा बनाउने जाति) अब तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन्। नेपालीहरूको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार आउनै लाग्दा माटाका भाँडा बनाउने कुमाल जातिहरूलाई यतिबेला भ्याइनभ्याई छ। अघिपछि फुर्सदिला हुने कुमाल जाति तिहार, छठ जस्ता पर्वमा व्यस्त हुने गरेका छन्।

चाडपर्वको विधि र प्रयोगको अभ्यासले दशैंभन्दा तिहार र छठमा माटाका भाँडाको माग बढ्ने गर्छ। चाडपर्वका बेला बढी खपत हुने माटोको भाँडा माग अनुसारको पुरा गर्न यतिबेला कुमालेहरूलाई भ्याइनभ्याई छ। तिहार र छठ पर्वमा कलश, दीयो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को)सहित नयाँ माटाका भाँडा प्रयोग गरिन्छ। यी सबै माटोबाटै बनाइन्छ। यो बनाउन धनुषासहित तराइँका जिल्लाका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ।

यसै बेलालाई आफ्नो कमाइको मुख्य अवसर ठानेका कुमाले अहिले भाँडा बनाउन व्यस्त भएका वटेश्वर २ भुचक्रपुर कुमाले टोलका सीताराम पण्डित कुमाल बताउँछन्। ‘‘दशैं त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर टारियो’’ उनले भने, ‘‘दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ।’’

दशैंपछिको तिहार र छठअघिको समय नै आफूहरूको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सीतारामको भनाइ छ। अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिँदै आइएको छ। तराईका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिन्छ।

कुमाल जातिले परम्परादेखि माटोको भाँडा बनाउँदै आए पनि अहिलेका युवा पुस्ताले परम्परागत पेशालाई अपनाएका छैनन्। जसकारण उत्पादन कम भएकाले बजारमा मागअनुसार धान्न गाह्रो भएको उनीहरू बताउँछन्।

दीपावली र छठ पर्वमा बत्ती माटोकै दीयोमा बाल्नुपर्ने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनु पर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गर्नुपर्ने र अरू पूजा सामग्री पनि माटोका नयाँ भाँडामा राखिनुपर्ने परम्परागत मान्यता छ। यसकारण यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ।

माटाका भाँडा बेच्न हाटबजार

माटोको दीयो तथा अन्य माटोको भाँडा बनाउन धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ हरैयामा बसोबास गर्ने कुमालेहरू पनि यतिबेला निकै व्यस्त देखिन्छन्। उनीहरूले बनाएका माटाका भाँडाहरू सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधाम देखी महोत्तरीको बर्दिबास सम्म बिक्री वितरण हुने गरेको छ। दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले धनुषाका सबैजसो गाउँ नगर बस्तीका हटियामा माटाका भाँडाका छुट्टै बजार लाग्ने गरेको छ।

साप्ताहिक हाटबजार (सातामा दुई दिन लाग्ने बजार) बाहेक नगर गाउँ बस्तीका चोक चोकमै कुमालेले माटाका भाँडाको बजार लगाउन शुरु गरिसकेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादव बताउँछन्। मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको उनी बताउँछन्।

विष्णु पण्डित कुमालेको अनुसार आफूले माटाका भाँडा बनाउन थालेको ४५ वर्ष जति भयो। हजुरबुवाहरूबाट आफूले यो सीप सिकेर माटाका भाँडा बनाउँदै बिक्री गरिरहेको उनले बताए। आफूले एक दिनमा ५ सय जति माटोको दीयो बनाउने गरेको उनले बताए।

चिनेजानेकाले घरमा आएर खरिद गर्ने गरेको बताउँदै उनले भने, ‘‘मैले बनाएको दीयो लगायतका भाँडाहरू बढी जसो होलसेल पसलमा नै बिक्री गर्छु। अहिले मसँग भए जतिको माटाका दीयोहरू सबै बिक्री गरी सकेको छु।’’

उनले भाँडा बिक्रीबाट आर्जित आम्दानीबाटै तिहार, छठ मनाइने, दशैंको सरसापट तिर्ने गरेको बताए। दशैं सकिएलगत्तै जमेको माटाका भाँडाको बजार छठसम्म रहन्छ।

अहिले माटाका भाँडामा मूल्य वृद्धि भएकाले छठ पर्वसम्म करिब १५ लाखभन्दा बढीको कारोबार हुने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्।

परम्परागत पेशाबाट टाढिँदै युवापुस्ता

थोरै आम्दानी हुने भन्दै नयाँले भने परम्परागत पेशालाई अंगालेका छैनन्। कुमालेहरूको परम्परागत मुख्य पेशा माटाका भाँडा बनाउने रहे पनि थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले अरू पेशा रोज्न थालेका छन्।

माटाको भाँडा बनाउनेहरू घटेकाले चाडपर्वमा बढेको माग पुरा गर्न हम्मेहम्मे परेको क्षीरेश्वरनाथ ६ सखुवाबजार का ५५ वर्षीय लक्ष्मण पण्डित कुमालेले बताउँछन्। माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवर्धनमा सरकारले सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उनको भनाइ छ।

प्लास्टिकका भाँडासँग प्रतिस्पर्धा गाह्रो

पछिल्लो समयमा आलमोनियम र प्लास्टिकका भाँडाँहरूसँग माटाको भाँडाले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्। प्लास्टिकका सामानहरू सस्तोमा पाउने तथा आफूहरूले प्रयोग गर्ने माटो, दाउरा र रंगरोगनका सामाग्रीको मूल्य बढेका कारण पेशालाई निरन्तरता दिन कठिनाइ भएको वटेश्वर गाउँपालिका ५ शान्तिपुरका दशरथ प्रसाद पण्डितले बताए। आफूहरूले ३६ किसिमका माटाका भाँडाहरू बनाउने गरेको उनको भनाइ छ।

अहिलेसम्म पुख्र्याैली पेशालाई आफूहरूले जसोतसो धाने पनि नयाँ पुस्ताले देखाएको उदासीनताका कारण भविष्यमा माटोको भाँडाको विकल्प अन्य भाँडाले लिनेमा कुमाले जाति चिन्तित देखिन्छन्।

इलेकट्रोनिक्स बत्तीले पालाको माग कम

तिहारमा लक्ष्मीपूजा गर्दा र दीपावली गर्न माटोको पालामा दीप राखेर प्रज्वलित गर्ने चलन छ। तर, पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा बिजुलीबाट जल्ले झिलिमिली बत्तीको प्रचलन बढ्दो छ।

‘‘अलि पहिला पाला नै धेरै प्रयोग गरिन्थ्यो,’’ आफ्नो बुबासँगै लामो समयदेखि पाला बनाउन सिकेका महेन्द्रनगरका ४५ वर्षीय रामदेव पण्डितले भने, ‘‘अहिले प्लास्टिकका बत्तीबाट जल्ने दीयोको (इलेकट्रोनिक्स बत्ती) आकृतिका सामाग्री आएपछि माटाका पाला बिक्री घटेको छ।’’

केही वर्ष पहिलासम्म तिहारमा मात्र १ लाख पाला बेच्ने गरेको अनुभव रामदेवले सुनाए। दुई वर्षयता कोरोनाका कारण पनि व्यवसायमा धक्का लागेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...