spot_img

spot_img

चीनसँग पुनर्मिलन बाहेक ताइवानको कुनै भविष्य छैन: विदेशमन्त्री वाङ यी

एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नु बाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनु बाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन्।

संयुक्त राष्ट्रसंघमा ताइवानको ‘अर्थपूर्ण सहभागिता’को लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले यस्तो टिप्पणी गरेका हुन्। रोममा हुने जी-२० शिखर सम्मेलन अघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् ।

मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१ औँ शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने बताए। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको अर्थपूर्ण सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो।

ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन्, ‘…हामी सबै संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा र अन्तर्राष्ट्रिय समुदायमा ताइवानको बलियो, अर्थपूर्ण सहभागितालाई समर्थन गर्न हामीसँग सामेल हुन प्रोत्साहन गर्छौं। ताइवानका एयरपोर्टहरू मार्फत वार्षिक दशौं लाख यात्रुहरू यात्रा गर्ने गरेपनि ताइवानले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) काे त्रैवार्षिक सम्मेलनमा प्रतिनिधित्व गरेको थिएन।

सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छोडेको थियो । त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा...
spot_img
spot_img

सम्बन्धित समाचार

नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू

वीरगंज, १५ कात्तिक । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन जडान गरिएको करिब ६ महिनापछि सेवा सञ्चालनमा आएको छ । नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड...

वीरगंज पब्लिक कलेजको भवनबाट छात्रले हाम फाले

वीरगंज, १५ कात्तिक । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् । कलेजको कक्षा १२ मा...

सर्राफ हत्या प्रकरणः दशजना पक्राउ, बजार बन्द, अन्त्येष्टि गरियो

बारा १४ कात्तिकः गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा...

रुपेश हत्या प्रकरणः ६ जना पक्राउ

वीरगंज, १४ कात्तिक । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको...

कान्छी पत्नीलाई छुरा प्रहार गर्ने पति–पत्नी पक्राउ, सासु, ससुरा फरार

वीरगंज, १३ कात्तिक । कान्छी श्रीमतीलाई छुरा प्रहार गर्ने पति र उनको जेठी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । फूलपाती दिन कात्तिक ४ गते राती...

पर्साको टिहुकी, भेडिअर्वा नाकाबाट खुलेयाम तस्करी, असुलीमा इन्स्पेक्टर र असई

वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्नेमा नेपाल–भारत सिमानाकासंग जोडिएको टिहुकी हुँदै खुलेयाम तस्करी भईरहेको पाईएको छ । खुल्ला सीमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरूको...