काठमाडौं। इन्टर मिलानका मिडपिफल्डर क्रिस्टियन इरिक्सनले सिरी ए फुटबलको जारी सिजन खेल्न नपाउने भएका छन्।
डेनमार्कका स्टार इरिक्सनले यस सिजनको सिरी एका लागि अनुमति नपाएका हुन्।
इन्टरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस सिजन इरिक्सनले लिग खेल्न नपाउने भएका बताएको छ।
इटालियन मेडिकल अधिकारीले इरिक्सनलाई खेल्नका लागि अनुमति नदिएका कारण उनले लिग गुमाउने भएका हुन्।
युरोकप फुटबलका दौरान खेलमैदानमै हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सन खेलमा फर्किएका छैनन्। फिनल्याण्डविरुद्धको खेलका क्रममा उनी मैदानमा ढलेका थिए।