spot_img

spot_img

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि सार्न सक्छन् कोराना

बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड संक्रमण भएको पाइएको छ।

त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि संक्रमण हुने गरेको पाइएको छ। उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै संक्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ। लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर संक्रमण भएका मानिसले सँगै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोना भाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ। उनीहरूले पाँचमध्ये दुई जनालाई कोभिड सार्न सक्ने अध्ययनले देखाएको छ।

तर सँगै बस्ने सबै जनाले पूर्ण मात्रामा कोभिडविरुद्ध खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुने पनि अध्यननले देखाएको छ।‘द लान्सिट इन्फेक्सस डिजिजेज’को अध्ययनबाट किन अत्यधिक मानिसलाई खोप दिनु महत्त्वपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताहरूले बताएका छन्।

खोप नलगाएका मानिसहरू आफूलाई कोभिड सर्ने जोखिमबाट जोगिन खोप लगाएका अरू मानिसप्रति ढुक्क नहुन विज्ञहरूले सुझाएका छन्।

खोपले कोरोना भाइरस संक्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सहयोग गर्ने अध्ययनले देखाएको छ। तर संक्रमण रोक्न भने पूर्ण रूपमा त्यति प्रभावकारी भने नहुन सक्छ। विशेषगरी भाइरसका डेल्टा भेरियन्टजस्ता बढी संक्रामक बनेका बेला तिनले कोभिड सर्नबाट रोक्न सक्दैनन्।

विस्तारै खोपले दिने प्रतिरोधात्मक सुरक्षा घट्दै जान्छ र खोपको अतिरिक्त मात्रा आवश्यक पर्छ। त्यसैले सबैले अनिवार्य रूपमा पूर्ण मात्राको खोप लिन विज्ञले सुझाएका छन्। गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लण्डन र बोल्टनमा कोभिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई छनोट गरिएको थियो।

खोप नलगाएका मानिससँग तुलना गर्दा पूर्ण मात्रामा खोप लगाएका मानिसमा डेल्टा भेरियन्ट सरेर कोभिड हुने कम तर उल्लेख्य जोखिम भने भएको देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...

बारामा एक बोर्डिङका प्रधानाध्यापकमाथी गोली प्रहारगरी हत्या ।

बारा । बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा...

गोली प्रहारबाट घाइते प्रअ स्वर्णकारको निधन

वीरगंज, १३ कात्तिक । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका कलैया निवासी रूपेश स्वर्णकारको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको...

कलैयाका निजी विद्यालयका प्रअमाथि गोली प्रहार

वीरगंज, १३ कात्तिक । बाराको कलैयामा एक निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रूपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको...

गुणस्तरहीन हार्पिक, मोबिल र एसिड बनाउने उद्योगमा छापामारी

वीरगंज, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले गुणस्तरहीन हार्पिक र अनुमति नै नलिई मोबिल र एसिड बनाउने बनाउने कारखानामा छापामारी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको...

गिट्टी, बालुवा लोड भएको सातवटा टिपर नियन्त्रण

वीरगंज, १३ कात्तिक । बारा प्रहरीले बढी परिमाणमा गिट्टी, बालुवा लोड गरेको सातवटा टिपरलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया अगाडि बढाएको छ । आइतवार राति ८ः३०...