spot_img

spot_img

‘निमकी मुखिया’ अभिनेता विजय पक्राउ

विजय कुमार

पटना(अमर उजाला)– भारतीय टेलिफिल्म ‘निमकी मुखिया’मा तेतर सिंहको भूमिका निभाउने अभिनेता विजय कुमारलाई पटना प्रहरीले पक्राउ गरेको छ । विजयकी पहिलो पत्नी निलिमा कुमारीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले विजयलाई नौबतपुरबाट शुक्रबार पक्राउ गरेको हो । अभिनेतालाई महिला थानामा सोधपुछ भइरहेको छ । विजयमाथि दाइजो उत्पीडन र पत्नी हुँदाहुँदै दोस्रो विवाह गरेको आरोप छ ।

बिहार पञ्चायत चुनावमा विजयका भाई विनयकुमार मुखिया पदको उम्मेद्वार थिए । विजय भाईको प्रचारप्रसार गर्नका लागि आएका थिए । विजय आउने खबर थाहा पाएपछि उनकी पहिलो श्रीमति प्रहरी लिएर पुगेकी थिइन् ।

विजयका छोराका अनुसार उनको पिताले आमामाथि धेरै ज्यादती गरेका थिए । उनले आमा छोरालाई घरखर्च पनि दिँदैन थिए । उनकी आमाले ट्युसन पढाएर उनको र भाईको हेरविचार गर्छिन् ।

मुम्बईमा बस्दै आएका विजयले सन् २०१६ मा अभिनेत्री गीता त्यागीसँग विवाह गरेका थिए । गीताबाट उनको दुई सन्तान छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

व्यापारीहरूसँग महिनावारी असूल्ने नक्कली प्रहरी पक्राउ

वीरगंज, १५ मंसिर । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल गाउँँपालिका वडा नं....

आगोमा जलेर बारामा एक महिलाको मृत्यु

बारा । बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवी...

छोरा फेल भएपछि आमरण अनसनमा बस्ने चेतावनी

सिराहा, १४ मंसिर । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी...

ठोरीमा पर्सा प्रहरीद्वारा १० कठ्ठा गाँजा खेती फँडानी

वीरगंज, १३ मंसिर । पर्सा प्रहरीले ठोरीमा रोपिएको दश कठ्ठामा क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक...

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

‘टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही हुन्छ’ : गृह मन्त्रालय

वीरगञ्ज । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री...