काठमाडौं। नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल टिम बंगलादेश जाने भएको छ।
एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली जाने भएको हो।
नेपाल भलिबल संघले नेपाली महिला तथा पुरुष टिमले प्रतियोगितामा भाग लिने पक्का भएको बताएको छ। संघले शुक्रबार उक्त घोषणा गरेको हो।
संघका अनुसार नेपाली टोलीले प्रतियोगिताका लागि छिट्टै प्रशिक्षण थाल्नेछ। महिला तथा पुरुष दुवै टोलीले छिट्टै प्रशिक्षण शुरु गर्ने भएका हुन्।
सेन्ट्रल जोन आगामप् २१ देखि २९ डिसेम्बरसम्म बंगलादेशको ढाकामा हुँदैछ।