काठमाडौं। आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि जितेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतियोगिताको ब्वाइज तर्फको यु-८ को फाइनलमा शुक्रबार आर्याशले सुजन कुइँकेललाई १०-५ तथा १०-६ को सेटमा पराजित गरे।
यस्तै गर्ल्सतर्फ अनुश्रीले शारा पन्तलाई १०-४ तथा १०-६ को सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन्।
गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको सहयोगमा भएको प्रतियोगिताको सिनियरतर्फ पुरुष एकलमा शुक्रबार प्रनब खनाल, जुबेन राउत, जितेन्द्र परियार, नविन पाइजा, निशान श्रेष्ठ, आरभ सम्राट हाडा, प्रदीप खड्का तथा ऋत्तिक राणाले आ-आफ्नो खेलमा जित हात पारेका छन्।
त्यस्तै पुरुष युगलतर्फ प्रनभ खनाल र जितेन्द्र परियारको जोडी, निहाल जङ्ग बहादुर थापा र अर्की जुबेन राउतको जोडी, प्रदीप खड्का र अनिल शाहीको जोडी तथा नवीन पाइजा र ऋत्तिक राणाको जोडीले पनि जित दर्ता गरएका छन्।