एजेन्सी। दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार पुनीत राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ।
हृदयघातपछि शुक्रबार बिहान ११:३० मा बेंगलुरुको विक्रम अस्पतालमा भर्ना भएका उनको निधन भएको अस्पतालका डा. रंगनाथ नायकलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सीले लेखेका छन्।
उनलाई लामो समयदेखि छातीको संक्रमण थियो। उनी पछिल्लो पटक ‘युवरत्न’ चलचित्र मा देखिएका थिए।