पुनीत राजकुमार

मुम्बई(नवभारत टाइम्स)– कन्नड सुपरस्टार पुनीत राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि कर्नाटक राज्य सरकारले बिदाको घोषणा गरेको छ । राज्य सरकारले राज्यमा भएका सबै थिएटर बन्द गरेको छ ।

पुनीतको फ्यानलाई नियन्त्रणमा लिनका लागि कैयौं इलाकामा धारा १४४ लागु गरिएको छ । पुनीतको निधनपछि कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मई बेङ्लुरु अस्पताल पुगेका थिए ।

पुनीतको निधनपछि उनको निवासमा फ्यानको भीड लागेको छ । पुनीतको जिममा वर्कआउट गरिरहँदा टाउको दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरको टिमले उनलाई बचाउन प्रयास गरे पनि सफल हुन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय