काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले टोलीको जिम्मेवारी सेर्जी बार्जुआनलाई सुम्पेको छ।

बार्सिलोनाले बी टिमका मुख्य प्रशिक्षक रहेका बार्जुआनलाई टोलीको अन्तरिम प्रशिक्षक बनाएको हो।

बार्सिलोनाले बिहीबार बार्जुआनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको छ।

लगातार खराब नतिजा आएपछि उसले प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानलाई बुधबार बर्खास्त गरेको थियो।

कोम्यानलाई बर्खास्त गरेलगत्तै बार्सिलोनाले टोलीको जिम्मा बार्जुआनलाई दिएको हो।

जिम्मेवारी पाएलगत्तै स्पेनिस प्रशिक्षक ४९ वर्षीय जोर्जीले टिमको प्रशिक्षण सम्हालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय