spot_img

spot_img

विश्वकप खेल्न नपाएका ‘स्टार-११’, जसले जुनसुकै राष्ट्रलाई हराउन सक्छन्

काठमाडौं। क्रिकेटको सबैभन्दा लोकप्रिय फर्म्याट टी-ट्वान्टी विश्वकप क्रिकेट अहिले यूएईमा जारी छ। राष्ट्रिय टिमले खेल्ने सबैभन्दा ठूलो टी-ट्वान्टी प्रतियोगिताको पहिलो चरणको खेलपश्चात् अहिले सुपर १२ का खेलहरु चलिरहेको छ।

खेल जुनसुकै होस, खेलकुदमा दत्तचित्त भएर लाग्ने हरेक खेलाडीको सपना हुन्छ विश्वकप खेल्ने, चाहे त्यो सामान्य खेलाडी होस् या स्टार। तर धेरै खेलाडीको यो सपना पूरा हुन सक्दैन, जसका पछाडी धेरै कारण हुन्छन्।

यो विश्वकपमा धेरै स्टार क्रिकेटरहरु देखिएका छैनन्। चोट, फर्ममा कारण तथा टिम फर्मेसनमा नपरेका कारण विश्वमा हाल चर्चित रहेका धेरै क्रिकेटरहरुले पनि यो विश्वकप खेल्न पाएका छैनन्।

जसमध्ये हामीले यस्ता ११ खेलाडीलाई छानेका छौँ, उनीहरुको मात्रै एउटा अलग्गै टिम बनाउने हो भने उक्त कम्बाइन टिमले यो विश्वकपमा सहभागी जुनसुकै राष्ट्रलाई पनि हराउन सक्ने ल्याकत राख्छ।

जारी विश्वकपमा सहभागी नभएका यी हुन् ११ स्टार खेलाडी

शिखर धवन (भारत)- ओपनिङ ब्याटस्म्यान
दुई हप्ताअघि मात्र सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ओपनिङ् ब्याटस्म्यान शिखर धवनले उत्कृष्ट प्रदर्शन गरेका थिए। दिल्ली क्यापिटल्स्बाट खेलेका १६ खेलमा ३९ रनको औसतमा उनले प्रतियोगिताभर ५८७ रन जोड्दा सर्वाधिक रन स्कोररको सूचीमा चौंथो स्थानमा थिए।

भारतको लागि पनि हालसम्म ६८ अन्तर्राष्ट्रिय टी-ट्वान्टी खेलेका उनले १ हजार ७५९ रन जाडेका छन्। जसमा ११ अर्धशतक सामेल छ। टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा कप्तान विराट कोहली र अर्का ओपनर रोहित शर्माभन्दा पछाडि धवन तेस्रो स्थानमा छन्।

तर पनि उनले यो टी-ट्वान्टी विश्वकपमा भारतीय टिममा ठाँउ पाएनन्। किन त? हाल राम्रो फर्ममा रहेपनि टिम फर्मेसनमा नअटेका कारण उनले यो विश्वकप खेल्न पाएनन्। अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा शिखरको स्ट्राइक रेट अलि कम छ।

भारतीय टिममा धेरै खेलाडी भएका कारण प्रतिस्पर्धा पनि चर्को छ। टिमको ओपनरको रुपमा रहेका अर्का दुई प्रतिस्पर्धी खेलाडी रोहित शर्मा र केएल राहुलको टी-ट्वान्टीको गतिलो स्ट्राइक रेट र आक्रमक खेल शैलीका कारण धवनको ठाँउ टिममा बनेन।

तमिम इकवाल (बंगलादेश)- ओपनिङ ब्याटस्म्यान
यो विश्वकपमा सामेल हुन नपाएका राम्रा ब्याटस्म्यान मध्येका एक हुन बंगलादेशका बाँया हाते ओपनर तमिम इकवाल। उनले हालसम्म बंगलादेशबाट खेलेका ७८ अन्तर्राष्ट्रिय टी-ट्वान्टी खेलमा एक शतकसहित १ हजार ७५८ रन जोडेका छन्।

बंगलादेशको एकदिवसीय टिमका कप्तान रहेका इकवालले चोटका कारण यो विश्वकप गुमाएका हुन्। गत अप्रिलमा श्रीलंकासँगको टेष्ट सिरिज दौरान उनको घुँडामा चोट लागेको थियो। यद्यपि उनले गत महिना नेपालमा सम्पन्न एभरेष्ट प्रिमियर लिग भने खेलेका थिए।

फाफ डू प्लेसिस (दक्षिण अफ्रिका)- ब्याटस्म्यान
क्रिकेटप्रेमी त्यतिबेला छक्क परे, जब दक्षिण अफ्रिकी टिमले हाल उत्कृष्ट फर्ममा रहेका ब्याटस्म्यान फाफ डू प्लेसिसलाई विश्वकप टिममा राखेन। यो पटकको आईपीएल उपाधि चेन्नई सुपर किंग्सलाई दिलाउन उनको ब्याटिङ्को प्रमुख योगदान थियो। आईपीएलका १६ खेलमा ६ अर्धशतकसहित ६३३ रन प्रहार गरेका उनले फाइनलमा पनि अर्धशतक हानेका थिए।

दक्षिण अफ्रिकाको टिमबाट खेलेका ५० अन्तर्राष्ट्रिय टी-ट्वान्टी खेलमा पूर्व-कप्तान डू प्लेसिसले एक शतक, १० अर्धशतकसहित १ हजार ५२८ रन जोडेका छन्। ३७ वर्षीय उनी उच्च फर्मका बाबजुद बढी उमेर र दक्षिण अफ्रिकी क्रिकेट संघसँगको केही मनमुटावका कारण टी-ट्वान्टी विश्वकप टिममा अटाएनन्।

बेन स्टोक्स (इंग्ल्याण्ड)- अलराउण्डर
इंग्ल्याण्डका स्टार अलराउण्डर बेन स्टोक्स यो विश्वकपमा मिस गरिने सबैभन्दा ठूला खेलाडी हुन्। आक्रामक शैलीको ब्याटिङ र उत्कृष्ट बलिङ प्रदर्शनका कारण स्टोक्स एक पूर्ण टी-ट्वान्टी खेलाडी हुन्। उनी हालको उच्चकोटीका अलराउण्डरमा पर्छन्।

तर गत साउनमा मानसिक समस्याको कारण देखाउँदै उनले सबैखाले क्रिकेटबाट अनिश्चित कालका लागि विश्राम लिएका थिए। त्यसैले यो विश्वकपमा यसको ठूलो घाटा इंग्ल्याण्ड क्रिकेटलाई हुनेछ। हालसम्म उनले क्लब र देशका लागि खेलेका १४८ खेलमा २ हजार ८६५ रन हानेका छन् भने ८६ विकेट लिएका छन्।

साम करन (इंग्ल्याण्ड)- अलराउण्डर
अर्का इंग्लिस अलराउण्डर साम करनले भने चोटका कारण विश्वकप गुमाए। इंग्ल्याण्डको प्रारम्भिक टोलीमा परे पनि आईपीएल दौरान ढाडको चोटका कारण उनको आईपीएल र यो विश्वकप दुवैको खेल सम्भावना सकिएको थियो।

बेन स्टोक्स नभएपछि साम करनले स्टोक्सको अभाव परिपूर्ति गर्ने इंग्लिस टिमको आशा थियो। तर चोटका कारण करन पनि बाहिरिएपछि इंग्ल्याण्डको टिममा साम करनको ठाँउमा उनकै भाइ टम करनलाई राखियो।

क्रिस मोरिस (दक्षिण अफ्रिका)- अलराउण्डर
क्रिस मोरिस टी-ट्वान्टी क्रिकेटको अलराउण्डर मध्ये सधैं अग्रस्थानमा आउँछन्। उनले हालसम्म खेलेका कुल २३४ टी-ट्वान्टी खेलमा १ हजार ८६८ रन हानेका छन् भने २९० विकेट लिएका छन्। बलिङमा गतिको समिश्रणको कारण विकेट लिने क्षमता र हार्ड हिटिङ गर्न सक्ने क्षमता उनमा छ।

तर दक्षिण अफ्रिकाको विश्वकप टिममा उनी छैनन्। सन् २०१९ देखि राष्ट्रिय टिममा नरहेका उनी आफैले आफूलाई विश्वकप छनोटमा उपलब्ध नगराएको दक्षिण अफ्रिकी टिमले जनाएको छ।

सुनिल नारायन (वेष्ट इण्डिज)- स्पिन बलर
यूएईको स्पिन सहयोगी पिचमा गेम चेन्जरको भूमिका खेल्न सक्ने प्रमुख खेलाडी हुन वेष्ट इण्डिजका स्पिनर सुनिल नारायन। हालै यूएईमै सम्पन्न आईपीएलमा पनि कोलकातालाई फाइनलसम्म पुर्याउन उनकै धारिलो बलिङले धेरै मद्दत गरेको थियो। उनले यो आईपीएलमा खेलेका १४ खेलमा ६.४४ को इकनोमीमा १६ विकेट लिएका थिए।

हालसम्म क्लब र देशका लागि खेलेका ३८३ खेलमा उनले ४२५ विकेट झारेका छन्। हाल बलिङ मात्र होइन टी-ट्वान्टी क्रिकेटका लागि चाहिने आक्रामक ब्याटिङका लागि पनि उनी चिनिन्छन्। कतिपय खेलमा त कोलकाताले उनलाई ओपनिङ् ब्याटस्म्यानको रुपमा पनि खेलाएको थियो। तर फिटनेस टेष्ट र टिम फर्मेसनको कारण देखाएर उनलाई वेष्ट इण्डिज टिममा राखिएन।

जोफ्रा आर्चर (इंग्ल्याण्ड)- फाष्ट बलर
हालका सबैभन्दा तीव्र गतिका बलर हुन जोफ्रा आर्चर। इंग्ल्याण्डका पेसर आर्चरको गति र बाउन्सरको कारणले उनको बलिङ झेल्न धेरै ब्याटस्म्यानको सातो जाने गर्छ। सन् २०१९ मा इंग्ल्याण्डलाई एकदिवसीय विश्वकपको उपाधि दिलाउन आर्चरको घातक बलिङ प्रमुख हतियार बनेको थियो। सन् २०२० को आईपीएलमा २० विकेट लिएका उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

हालसम्म खेलेका कुल १२१ टी-ट्वान्टी खेलमा उनले १५३ विकेट लिएका छन्। तर दाँया हातको कुहिनामा लागेको चोटका कारण यो वर्ष आर्चर मैदान बाहिर रहने छन्। एकदिवसीय विश्वकपको उपाधि पछि टी-ट्वान्टी विश्वकपको उपाधि जित्ने दाउमा रहेको इंग्ल्याण्डलाई आर्चरको अभाव डेथ ओभरमा विशेष खड्किनेछ।

युजवेन्द्र चहल (भारत)- स्पिन बलर
भारतका लागि अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी हुन युजवेन्द्र चहल। स्पिन बलर चहलले भारतका लागि खेलेका ४९ अन्तर्राष्ट्रिय टी-ट्वान्टी म्याचमा ६३ विकेट लिइसकेका छन्। भारतको लागि टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक सफल मानिएका उनलाई यो पटक भारतले अप्रत्याशित रुपमा टिममा राखेन।

विश्वकप भइरहेको यूएईमा प्राय स्पिनलाई सहयोगी पिच हुने गर्छ। यस्तो पिचमा गेम चेन्जरको भूमिका खेल्न सक्ने चहललाई टिममा नराखेकोमा भारतीय टिम छनोट समितिको निकै आलोचना भएको थियो।

अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट एउटै म्याचमा ६ विकेट लिने चहल विश्वका दोस्रो खेलाडी हुन् भने भारतको पहिलो। तर हाल राम्रो फर्ममा नरहेका कारण भारतीय टिमले उनको ठाँउमा मुम्बाई इण्डियन्सका अर्का लेग स्पिनर राहुल चहरलाई टिममा मौका दियो।

इमरान ताहिर (दक्षिण अफ्रिका)- स्पिन बलर
यूएईको स्पिन सहयोगी पिचमा घातक बन्न सक्ने अर्का लेग स्पिनर हुन इमरान ताहिर। दक्षिण अफ्रिकी टिमका निकै अनुभवी खेलाडी ताहिरले खेलेका कुल ३३४ टी-ट्वान्टी खेलमा ४२० विकेट लिएका छन्।

उनको अनुभव र स्पिन क्षमताले दक्षिण अफ्रिकी टिमलाई यो विश्वकपमा निकै फाइदा पुग्ने थियो। ताहिर आफंै पनि यो विश्वकप खेल्न चाहन्थे। टिम व्यवस्थापनमा यो कुरा राखेका थिए। तर प्राय युवा खेलाडीलाई मौका दिएको अफ्रिकी टिमले उनको कुरा सुनेन।

सन्दीप लामिछाने (नेपाल)- स्पिन बलर
नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने यो विश्वकपमा मिस हुने अर्का खेलाडी हुन्। एक समय सन्दीप विश्वभरमा सबैभन्दा धेरै फ्रेन्चाइज लिग खेल्ने खेलाडी थिए। विशेषगरी यूएईमा स्पिनरलाई मद्दत गर्ने पिचमा सन्दीपले बलिङ गर्न पाएको भए उनको स्पिनले केही कमाल गर्ने पक्का थियो।

तर नेपाल टी-ट्वान्टी विश्वकपमा छनोट हुन नसक्दा सन्दीपको बलिङको जादु पनि हेर्न पाइएन। टी-ट्वान्टी वरीयता क्रममा एसोसिएट राष्ट्र मध्येमा पहिलो स्थानमा रहे पनि छनोट चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा नेपाल यो विश्वकपमा क्वालिफाई हुन सकेन।

सन्दीप गत महिना ओमानमा भएको विश्व क्रिकेट लिग डिभिजन-२ को सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित भएका थिए। जहाँ उनले पीएनजीसँगको एकदिवसीय खेलमा ५.१ ओभरमा मात्र ११ रन खर्चेर ६ विकेट लिएका थिए।

उनले हालसम्म खेलेका १०१ टी-ट्वान्टी खेलमा १३८ विकेट झारेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर सुजित सिंह पक्राउ

कलैया, १० पुस । बाराको कलैयामा दिउँसै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त भारतीय सुटर...

बारा प्रहरीद्वारा एक करोड मूल्य बराबरको प्याज भन्सार चलान

वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले असोजदेखि पुस ५ गतेसम्म एक करोड १ लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएर वीरगंज...

पर्सामा बाघले मान्छे खायो

पर्सा, ९ पुष । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल...

महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

वीरगंज ९ पुस । वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन ...

नेपाल बिएफएसआई समिट २०२३ सम्पन्न

वीरगञ्ज, ८ पौष/ नेपाल बैंकिङ, फाइनान्स एण्ड इनस्योरेन्स इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इनडस्ट्रीको इण्डिया–नेपाल सेन्टरले संयुक्त रूपमा “नेपाल बिएफएसआई समिट २०२३”...

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...