spot_img

spot_img

नागरिक एपबारे गुनासो छ ? यसरी निःशुल्क टिपाउनुहोस् – Tech News Nepal

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको नागरिक एपमा सुविधा थपिने क्रम जारी छ । सँगै एप प्रयोगकर्ता पनि बढिरहेका छन् ।

सरकारले एप प्रयोगमा कुनै समस्या वा जिज्ञासा भए निःशुल्क टिपाउन सकिने सुविधा सुरू गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले फोन र भाइबरबाट आफ्ना गुनासो टिपाउन सक्नेछन् ।

नागरिक एप प्रयोगकर्ताले ११०१ मा डायल गरी निःशुल्क रुपमा एपसम्बन्धी आफ्नो समस्या टिपाउन सक्नेछन् । यो नम्बरमा एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमका कुनै पनि नम्बरबाट कल गर्दा शुल्क नलाग्ने नागरिक एपले जनाएको छ ।

ई-मेल, टेलिफोन, भाइबर (+९७७११२२३३४४५५), फेसबुक र ट्वीटरबाट समेत नागरिक एप सम्बन्धी गुनासो टिपाउन सकिन्छ ।

नागरिक एपमा हाल प्यान (स्थायी लेखा नम्बर) लिन सकिने, पुलिस क्लियरेन्स रिपोर्ट लिन सकिने, सवारी कर, आफ्नो मालपोत तथा जग्गाको विवरण हेर्न सकिने, लोकसेवाको आवेदन भर्न सकिने, बैंक खाता खोल्न सकिने लगायतका सुविधा उपलब्ध छन् ।

यति मात्र होइन, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमासम्बन्धी जानकारी समेत यही एपबाट हेर्न सकिने सुविधा पनि छ

यसअघि आईओएस र एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध नागरिक एप अबदेखि वेबसाइटमार्फत पनि चलाउन सकिने भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने बनाउन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन

वीरगञ्ज, २३ कात्तिक : मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना भएको पहिलो एक...

डिआईजीको एक्शनमा धानसहितको ट्याक्टर नियन्त्रणमा, तस्करीमा लिप्त इन्स्पेक्टरको बचाउमा एसपी

वीरगंज । भारतको मैनाटार नाकासंग जोडिएको पर्साको भेडिअर्वा नाका हुँदै अवैध तरिकाले ट्याक्टरमा आयात भएको धान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल...

महिलाको मृत्यु, महरा पक्राउ, अस्पताल सञ्चालक फरार

रौतहट, २२ कात्तिक । रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभाबी पाठेघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरालाई प्रहरीले...

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग

काठमाडौँ, २१ कात्तिक : नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि...

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...

सुनसरीमा प्रहरी जवानले गरे गोली हानी आत्महत्या

इनरुवा । सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सप्तरी...