spot_img

spot_img

कसले ‘डाक्टर’ लेख्ने भन्ने मेडिकल काउन्सिलको सूचनाप्रति आयुर्वेद चिकित्सक संघको आपत्ति

काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलले चिकित्सकको उपाधि प्रयोगबारे प्रकाशित सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मेडिकल काउन्सिलले  कात्तिक १० गते (हिजो) सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ को परिभाषा (घ) ‘चिकित्सक’ भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति भएकाले र उसले मात्रा डाक्टर लेख्ने व्यवस्था रहेको उल्लेख गरेको थियो।

मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जारी गरेको सूचनामा काउन्सिल ऐन,२०२० को दफा २७ (१) मा कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धि चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धि डिग्री, डिप्लोमा , सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन नहुने समेत उल्लेख गरेका थिए। काउन्सिलमा चिकित्सकको रुपमा दर्ता नभएका व्यक्तिले डाक्टर लेख्नु वा प्रयोग गर्नु गैर कानुनी हुने उल्लेख छ।

यसैबिच, नेपाल आयुर्वेद चिकित्सक संघले काउन्सिलको उक्त भनाई प्रति ध्यानाकर्षण भएको जनाएको हो।

संघका अध्यक्ष डा प्रकाश ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा आयुर्वेद चिकित्सा परिषद ऐन, २०४५ (पहिलो संशोधन २०५५) परिच्छेद-४, दफा ४.२ चिकित्सकको योग्यता उपदफा ४.२.१.१ ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य वा वैद्यरत्न वा आयुर्वेद स्नातक वा सो सरह उत्तीणर्’ भन्ने व्यवस्था अनुरुप आयुर्वेद स्नातक र सो भन्दा माथिको आयुर्वेदको शैक्षिक योग्यता भएको र  आयुर्वेद चिकित्सा परिषद नेपालमा दर्ता भएका व्यक्तिहरु चिकित्सक भएको र अंग्रेजीमा डाक्टर भनिने व्यहोरा प्रष्ट भएको बताएका छन्। उनले  विरामी, सरकारी, गैर सरकारी संघ संस्था, सामाजिक संघ संस्था तथा सर्वसाधारणहरु भ्रममा नपर्नु हुन् अनुरोध गरेका छन्।

साथै परिच्छेद-४, दफा ४.२ चिकित्सकको योग्यता उपदफा ४.२.१.२ र ४.२.१.३ मा समेत चिकित्सकको योग्यता सम्वन्धि थप व्यवस्था रहेको पनि उनले सूचित गरेका छन्।

संघले आयुर्वेद चिकित्सा परिषद नेपाललाई यस विषयमा थप स्पष्ट पार्न आग्रह गरेको छ।

संघद्वारा जारी विज्ञप्ति

यस्तो छ मेडिकल काउन्सिलले जारी गरेको सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...

बारामा एक बोर्डिङका प्रधानाध्यापकमाथी गोली प्रहारगरी हत्या ।

बारा । बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा...

गोली प्रहारबाट घाइते प्रअ स्वर्णकारको निधन

वीरगंज, १३ कात्तिक । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका कलैया निवासी रूपेश स्वर्णकारको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको...

कलैयाका निजी विद्यालयका प्रअमाथि गोली प्रहार

वीरगंज, १३ कात्तिक । बाराको कलैयामा एक निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रूपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको...

गुणस्तरहीन हार्पिक, मोबिल र एसिड बनाउने उद्योगमा छापामारी

वीरगंज, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले गुणस्तरहीन हार्पिक र अनुमति नै नलिई मोबिल र एसिड बनाउने बनाउने कारखानामा छापामारी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको...

गिट्टी, बालुवा लोड भएको सातवटा टिपर नियन्त्रण

वीरगंज, १३ कात्तिक । बारा प्रहरीले बढी परिमाणमा गिट्टी, बालुवा लोड गरेको सातवटा टिपरलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया अगाडि बढाएको छ । आइतवार राति ८ः३०...