काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ विरुद्धको खोपमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। बिहीवार भएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले किनेरै भए पनि सबैलाई चैतभित्र खोप लगाइसक्न निर्देशनसमेत दिए।
‘सम्मननीय प्रधानमन्त्रीबाट भ्याक्सिन कुनै पनि कमी नहोस्, निशुल्क नै दिउँ। दाताहरुबाट पनि मागौ। आफै खरिद गरेर भए पनि चैतभित्र मसान्तसम्म लगाइसक्नुपर्नेछ भनी विशेष निर्देशन दिनुभयो,’ बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले भने।
स्वास्थ्य मन्त्रालयकाअनुसार हालसम्म २२ प्रतिशतले दुबै खोप लगाइसकेको डाटा आएको न्यौपानले जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पछिल्लो अवस्थामा कोरोना संक्रमण र यसका रोकथामका विषयमा छलफल भएको बताइएको छ।