spot_img

spot_img

दुई करोड खोप आइपुग्यो नेपाल, तीन जिल्लामा सबैले लगाइसके, वाग्मतीमा बढी, कर्णालीमा कम

काठमाडौं : नेपालका तीन जिल्लामा कोभिड-१९ विरुद्धको पूर्ण रुपमा खोप प्रदान गरिएको छ। रुकुम पूर्व, मनाङ र मुस्ताङ जिल्लामा कोभिड-१९ विरुद्ध लक्षित समूहका शत प्रतिशतले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा एक करोड ५४ लाख १९ हजार चार सय ५ मात्र खोप वितरण भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये ८६ लाख ४९ हजार दुई सय ५१ जनाले कम्तिमा एक डोज खोप प्राप्त गरेका छन्।

त्यस्तै, मन्त्रालयको तथ्यांक अनुसार बुधवारसम्म ६७ लाख ७० हजार एक सय ५४ जनाले खोपको पूर्णमात्रा लगाइसकेको उल्लेख छ।

वाग्मतीमा ५७ प्रतिशत, कर्णालीमा २२ प्रतिशतलाई पूर्ण मात्र

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा खोप वितरण भएको छ। वागमती प्रदेशमा लक्षित समूह मध्ये ६६.५ प्रतिशतले कम्पतिमा एक डोज खोप प्राप्त गरेका छन्। त्यहाँ ५७ प्रतिशतले पूर्ण मात्रा खोप प्राप्त गरेका छन्। त्यस्तै, गण्डकी प्रदेशका ५३.१ प्रतिशतले कम्तिमा १ मात्र खोप प्राप्त गर्दा ३९.६ प्रतिशतले पूर्ण मात्रा खोप प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशमा ३१.२ प्रतिशतले पूर्ण मात्रामा खोप प्राप्त गरेका छन्। त्यहाँ कम्तिमा एकमात्र खोप प्राप्त गर्ने लक्षित समूहका ३७.७ प्रतिशत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सुदुरपश्चिम प्रदेशमा ३८.९ प्रतिशतले कम्तिमा १ मात्रा र २७.३ प्रतिशतले पूर्ण मात्रामा खोप प्राप्त गरेका छन्। प्रदेश १ मा ३६.३ प्रतिशतले कम्तिमा १ मात्रा र २३.९ प्रतिशतले पूर्ण मात्रामा खोप प्राप्त गरेका छन्।

प्रदेश २ मा ३१.७ प्रतिशतले कम्तिमा १ मात्रा र २४.९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्। त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा ३१ प्रतिशतले कम्तिमा १ मात्रा र २२ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।

हालसम्म नेपालले एक करोड ९९ लाख ७९ हजार तीन सय ३० मात्रा खोप प्राप्त गरेको छ। जसमध्ये एक करोड ३० लाख २० हजार खोप खरिद गरिएको र ६९ लाख ५९ हजार तीन सय ३० अनुदानमा प्राप्त गरेको हो।

नेपालमा कूल जनसंख्याको २८.५ प्रतिशतले कम्तिमा १ मात्रा र २२.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। त्यस्तै, १८ वर्ष माथिका लक्षित जनसंख्या एक करोड ९९ लाख २२ हजार एक सय ६४ जना मध्ये ४३.४ प्रतिशतले कम्तिमा १ मात्रा र ३४ प्रतिशतले पूर्ण मात्रामा खोप प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...