काठमाडौं– नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले आगामी मंसिरमा हुने निर्वाचनका लागि निर्वाचन केन्द्र र स्थानीय निर्वाचन अधिकृत तोकेको छ।

निर्वाचन समितिले काठमाडौं उपत्यका सहित देशभर २१ वटा निर्वाचन केन्द्र तोकेको हो। जसमा काठमाडौं उपत्यका बाहिरका १८ वटा जिल्लामा मंसिर ३ र ४ गते निर्वाचनको मिति तयर गरिएको छ।

यस्तै धुलिखेल अस्पताल काभ्रेमा मंसिर १० गते र काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा मंसिर १० र ११ गते निर्वाचन हुने मिति तय गरेको छ।

निर्वाचन समितिले उम्मदेवार र मतदाता चिकित्सकहरुको लागि आचारसंहिता समेत बनाएको छ।

कोरोना महामारीको अवस्था कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कता अनिवार्य पालना गर्नुपर्ने जनाएको छ।

यी हुन् २१ मतदान केन्द्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय