spot_img

spot_img

टी-२० विश्वकप : स्कटल्यान्डविरुद्ध नामिबिया ४ विकेटले विजय

टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा नामिबियाले स्कटल्यान्डलाई हराएको छ। आबुधाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराउँदै नामिबियाले जारी विश्वकपमा विजय सुरुवात गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। ११० रनको लक्ष्य पछ्याएको नामिबियाले ५ बल बाँकी छँदा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङमा उत्रिएको स्कटल्यान्डको लागि माइकल लिस्कले सर्वाधिक ४४ रन बनाउँदा क्रिस ग्रिभ्सले २५ र म्याथ्यु क्रसले १९ रन जोडे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पेलमानले सर्वाधिक ३ विकेट लिँदा जेन फ्रिलिंकले २ तथा जेजे स्मिथ र डेभिड वाइजले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाका लागि जेजे स्मिथले अभिजित रहँदै सर्वाधिक ३२ रन बनाउँदा क्रेग विलियम्सले २३, माइकल भान लिंगेनले १८ र डेभिड वाइजले १६ रन जोडे।

स्कटल्यान्डका माइकल लिस्कले २ तथा सफ्यान शरिफ, क्रिस ग्रिभ्स, मार्क वाट र ब्राड ह्विलले समान १/१ विकेट लिए।

त्यस्तै, आजै भएको पहिलो खेलमा इंग्यान्डले बंगलादेशलाई हराएको छ। आबुधाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बंगलादेशलाई ८ विकेटले हराउँदै इंग्यान्डले जारी विश्वकपमा विजय यात्रालाई कायम राखेको हो। इंग्यान्डले यसअघि वेस्ट इन्डिजलाई हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

करेन्ट लागेर दुई जनाको मृत्यु

वीरगंज, २१ असोज । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५...

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने...

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत...
spot_img
spot_img

सम्बन्धित समाचार

करेन्ट लागेर दुई जनाको मृत्यु

वीरगंज, २१ असोज । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको...

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न व्यापारी र...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल परिसरमा शुक्रवार पनि...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हात्तीको आक्रमणबाट...

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत पारेर डा रामआवतर...