spot_img

spot_img

बोलीवचन सभ्य बनाउन प्रहरी कर्मचारीलाई महानिरीक्षक क्षेत्रीको निर्देशन

सोलुखुम्बु : नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीलाई बोलीवचन तथा व्यवहार उत्कृष्ट बनाउन निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय (ख) लुक्लाको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले जनभावनाको कदर, प्रविधिमैत्री प्रहरी सेवामा संवेदनशील भएर लाग्न निर्देशन दिएका हुन्।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा विश्वभरिबाट पर्यटक आउने भएकाले उनीहरूको सुरक्षाप्रति सजग बन्नुपर्नेमा जोड दिँदै उनले शान्तिसुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए। यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै कार्यरत प्रहरी कर्मचारीमा नयाँ सोच र योजना निर्माण गर्दै प्रभावकारी सेवामा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

नेपाल सरकारको दुई करोड ६६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको आज एक कार्यक्रमका बीच महानिरीक्षक क्षेत्रीले उद्घाटन गरेका हुन्। यस्तै, बिहीवार इलाका प्रहरी कार्यालय नाम्चेमा निर्माण गरिएको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कबित कटवाल, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही र खुम्बु पासाङल्हामु गाउँपालिका कार्यबाहक अध्यक्ष टासी ल्हामु शेर्पा लगायतको उपस्थिति थियो। सोही कार्यक्रमका अवसरमा निर्माण व्यवसायीद्वय विजय तामाङ र नाम्गेल शेर्पालाई सम्मान गरिएको छ। निर्माणको क्षेत्रबाट पुर्‍याएको योगदानको कदर गर्दै महानिरीक्षक क्षेत्रीले उनीहरुलाई सम्मान गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ।...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस...
spot_img
spot_img

सम्बन्धित समाचार

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार अनुगमनका क्रममा म्याद...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान विद्यापीठ की रूपा...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप विश्व हिन्दू...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री देबि स्थान ने.रा...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ। राप्रपालगायत विभिन्न हिन्दूवादी...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस मौसमको कारण भाइरल...