spot_img

spot_img

अङ्ग्रेजी संस्करणमा ‘फातसुङ’

काठमाडौं–पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास ‘फातसुङ’को अङ्ग्रेजी अनुवाद ‘सङ अफ द स्वाइल’बजारमा आएको छ । लेखक एवम् प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन् ।

सन् २०१९ मा सर्वप्रथम नेपालीमा प्रकाशित ‘फातुसङ’ बङ्ला भाषामा प्रकाशित छ भने हिन्दीमा प्रकाशन हुने क्रममा छ । आफ्नो कृति अङ्ग्रेजीमा अनुवाद भएकोमा खुसी साट्दै लेखक काविमोले भने, ‘अनुवाद त्यो पुल हो, जसले एउटा भाषालाई अर्को भाषासँग जोड्छ । एउटा साहित्यलाई अर्को साहित्यसँग जोड्छ । र एउटा समाजलाई अर्को समाजसँग जोड्छ । फातसुङ अहिले त्यही पुलपछिको नयाँ यात्रामा छ । आशा राखें, यहाँबाट आम अङ्ग्रेजी पाठकले एउटा सुन्दर यात्रा हिँड्नेछन्, जहाँ दार्जीलिङे जीवनका केही भोगाइ छन् । केही सुस्केरा छन् । सबैभन्दा धेर अधुरो सपनाको एउटा गीत छ, जसलाई अङ्ग्रेजी पाठकले पक्कै गुनगुनाउनेछन् ।’

अनुवादक बरालले भने, ‘अन्तर्राष्ट्रिय साहित्यलाई फाट्टफुट्ट भए पनि नेपालीमा अनुवाद गर्ने काम भएका छन् । तर नेपाली साहित्यको अङ्ग्रेजी वा अन्य भाषामा राम्रो अनुवाद भएकै छैन भने पनि हुन्छ । त्यसैले स्तरीय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन हामी नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने प्रयासमा लागेका छौं । त्यही प्रयासको प्रतिफल हो सङ अफ द स्वाइल ।’ सशस्त्र माओवादी द्वन्द्वसँग धेरै समानता राख्ने राख्ने दार्जीलिङको पहिचानको सङ्घर्षको सुन्दर कथा र छुदेन काविमोको भाषिक मिठासले फातसुङको अनुवाद गर्न आफूलाई प्रेरित गरेको उनले बताए ।

छुदेन काविमोको उपन्यासबारे भारतीय लेखक एवम् जयपुर लिटरेचर फेस्टिभलकी निर्देशक नमिता गोखलेले भनेकी छिन्, ‘आशा, आकाङ्क्षा र तुषारापात भएको सपना नियाल्ने यो गहन र मन छुने उपन्यासले हामीलाई हिमाली समुदायको धड्किरहेको मुटुभित्र लैजान्छ । साँच्चै नै माटोको गीत यसमा जीवनको झोक्का समाहित छ ।’

त्यस्तै लेखक प्रज्वल पराजुलीले भनेका छन्, ‘धेरै भाषामा पढ्नलायक यो एउटा सुन्दर रचना र महत्त्वपूर्ण किताब हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

गिट्टीको बिल देखाएर प्याजको तस्करी

वीरगंज, १४ पुस । जिल्ला प्रहरी कार्यालय बाराले ९ लाख ३० हजार मूल्य बराबरको भन्सार छलीको प्याजसहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ । पुस १३ गते...

१५ लाख मूल्य बराबरको मोबाइलसहित एकजना पक्राउ

वीरगञ्ज १२ पुस । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलेर नेपाल भित्राइएका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ ।...

भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीद्वारा छजना अपहणकर्ता पक्राउ

रौतहट, १२ पुस/ भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले छजना अपहणकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी देश भारतको जिल्ला सीतामाढी थाना डुम्रा मेहसोल...

शान्ति सुरक्षा, अमनचयन कायम गर्छु– प्रजिअ भुसाल

वीरगंज, ११ पुस/ प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घले...

पाँच वर्षदेखि बारा, रौतहटमा आतंक मच्चाउने सार्पसुटर सिंह कसरी पक्राउ परे ?

वीरगंज, ११ पुस । विगत ५ वर्षदेखि बारा, रौतहट जिल्लामा आतंक मच्चाउंदै आएको सार्पसुटर भारतीय नागरिक सुजितकुमार सिंहलाई बारा प्रहरीले मंगलवार राति घुँडामा दुई गोली...

‘टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही हुन्छ’ : गृह मन्त्रालय

वीरगञ्ज । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री...