spot_img

जसपा,नेपाल काे केन्द्रीय सदस्य फिराेज मियाँ मन्सुरी ले जिल्ला अध्यक्ष मार्फत ध्यानाकर्षण पत्र |

पर्सा । जसपाले गर्योे प्रदेश सभा प्रत्याशीको सिफारिश, अलोकतान्त्रिक भन्दै बिरोधमा उत्रिए नेताहरु

समाजवादी पार्टीको पर्सा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (क) को प्रदेश समितिको बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेश सभाका सदस्य जन्नत अन्सारीको एकल नाम सिफारिश गरेको छ ।

प्रदेश भित्र पर्ने केन्द्रीय सदस्य,संघीय परिषदका सदस्य मधेश प्रदेशका पदाधिकारी तथा सदस्य जिल्ला सदस्यहरुको समेत बैठकमा सहभागिता गराई निर्णय गर्नु पर्नेमा त्यो नगरि अलोकतान्त्रिक तरिकाबाट एकल नाम सिफारिश गरिएको भन्दै पार्टीका नेताहरुले निर्णय प्रक्रियाको तिब्रा आलोचना गरेका छन ।

पार्टीका केन्द्रीय सदस्य युवा नेता फिरोज मन्सुर र मधेश प्रदेशका उपाध्यक्ष पूर्व शिक्षक नेता बृजमोहन तिवारीले संयुक्त बिज्ञप्ति जारी गरेर प्रदेश सभा समितिको नाममा गरिएको एकल सिफारिश तत्काल बदर गर्न माँग गरेका छन ।

प्रदेश सभामा कप्तिमा उम्मेदवार हुन चाहने पाँच जनाको नाम सिफारिश गर्नु पर्नेमा अलोकतान्त्रिक तरिकाबाट एकल नाम सिफारिश गरेर पार्टीको निर्णयको अवमूल्यन गरेको बिज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक दलहरुमा एकल नामको सिफारिशमा बलियो भइन्छ भन्ने मनोबिज्ञानले काम गरेको देखिन्छ । तर बिभिन्न प्रपन्च रचेर उकल नाम सिफारिश गर्दा पार्टी भित्रको आन्तरिक लोकतन्त्र बिस्थापित निरंकुशता हावी भएको सिद्ध हुन्छ ।

यसले झन बढी समस्या ल्याउने भएकोले आफूहरुले निर्णयलाई प्रजातान्त्रिक र पारदर्शी बनाउन माँग गरेको मन्सुरले बताए ।

जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर २ (ख) प्रदेश समितिले अगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५ जना उम्मेदवारको नाम माथिल्लो कमिटिलाई सिफारिस गरेको छ ।

प्रदेश समितिको बिहीबार बसेको बैठकले क्षेत्र नं. २ (ख) प्रत्यक्ष तर्फ कामेश पंडित, प्रेमबाबु प्रसाद पटेल, मुकेश कुमार द्धिवेदी, रुपेशमान सिंह श्रेष्ठ र संजिव कुमार यादवको नाम सिफारिस गरेको क्षेत्रीय समितिका संयोजक भिखर प्रसाद चौधरीले जानकारी दिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img