Saturday, October 1, 2022
spot_imgspot_imgspot_imgspot_img

वरिष्ठ सई भण्डारीद्वारा अवैध रूपमा भन्सार छली गर्ने समुहलाई लगाम

वीरगन्ज,१७ भदौ । पर्साकाे इनरवा प्रहरी चौकीमा आएको दुई महिनामै वरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीले हुन्डी, लागुऔषध र गैरकानुनी कारोबार ठप्प पारेर नयाँ रेकर्ड बनाएका छन्।

इनरवा नाका नेपाल-भारत सीमामा रहेका मध्ये सबैभन्दा व्यस्त नाका हो। भण्डारीले उक्त चौकीको कमान्ड सम्हालेपछि तस्करीमा संलग्नहरुमाथि मुद्दा चलाइएको छ भने करोडौको हुन्डीको रकम जफत गरिएको छ।

नेपालभरिबाट नेपाल-भारत सीमामा यस वर्ष १ करोड ५० लाख रुपैयाँ हुन्डी कारोबारीबाट जफत गरिएकोमा इनरुवा चौकीले मात्रै ९१ लाख रुपैया राजस्वमा दाखिला गरेको छ। अहिले इनरवा चौकीले कडाइ गर्दा रक्सौल नाकाबाट हुने यस्ता गतिविधिहरु अहिले नियन्त्रणमा छन्।

भण्डारीले नेपाल-भारत सीमाबाट हुने गैरकानुनी गतिविधिहरु नियन्त्रण गर्न कुनै पनि सम्झौता नगरी काम गर्ने बताएका छन्।

‘नेपाल र भारतबीचको यो धेरै गतिविधि हुने नाका भएकाले पनि हामीले यहाँ गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरप्रयास गरेका छौं,’ कार्यरत एक प्रहरी सहायक निरीक्षकले भने, ‘इनरुवा चौकीको नेतृत्व परिवर्तन भएपछि हुन्डी, लागुऔषधलगायत अन्य गैरकानुनी गतिविधि नियन्त्रणउन्मुख छ।’

भण्डारीले पछिल्लो दुई महिनामा प्रतिबन्धित लागु औषधमा १२ जनालाई नियन्त्रणमा लिएको, नेपालबाट भारत जाने क्रममा महिला तथा बालबालिका गरी ४२ जनालाई उद्धार गरेका र हुन्डी तथा लागु औषधमा प्रयोग गरिएको १० वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन्।

यति मात्र नभई उक्त प्रहरी चौकी अगाडि रहेको शंकराचार्य गेटमा चेक जाँचका लागि खटिएका प्रहरी जवानहरूले गरेको गल्तीहरुलाई माफ नगरी सातजनालाई कारबाही गरी जिल्ला प्रहरी कार्यालय पर्सामा फिर्ता पनि पठाएका छन्।

Website | + posts

सम्बन्धित समाचार

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो करिब ०३...

प्रतिक्रिया लेख्न नभुल्नुहोला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो...

प्रहरी नायब महानिरीक्षक आलमद्वारा ईलाका प्रहरी कार्यालय भवनको उद्घाटन।

वीरगंज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक...

Nepal News Express Daily TV

Video thumbnail
बारामा घुमुवाहरुको सेटिङमा कल्यानपुर,मुशहर्वा, छातवा लगायतको नाकाबाट तस्करी ।
00:58
Video thumbnail
प्रहरीको मिलोमतो मा बाराको प्रसौनी बाट कपडा र भैंसीको खुलेयाम तस्करी
04:06
Video thumbnail
सशस्त्र र प्रहरी दुवैतिर सेटिङ, बाराका सबै नाकाबाट तस्करी मौलायो
01:55
Video thumbnail
छिपहर माई गाउँपालिकामा मुख्य सडकको नाला फोहर ग्रष्त
05:13
Video thumbnail
सिक्टा बजारमा अनाधुन गोली प्रहार, साह घाइते
02:26
Video thumbnail
वीरगंजको भन्सारको अवस्था हेरी हाम्रो संवाददाताको कैमरामा कैदग भिडियो
04:37
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 3)
17:51
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 2)
07:58
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क (1)
05:28
Video thumbnail
पर्साको छिपहरमाई भिस्वा चौकको यूवाहरुद्वारा जल यात्रुहरुलाई फ्रूटी वितरण कार्यक्रम सम्पन (2)
02:51