spot_img

महजोडीको फिल्म ‘महापुरूष’ कात्तिक ११ गते प्रदर्शन हुने

काठमाडौं : फिल्म ‘महापुरूष’ को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। ‘महजोडी’  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो फिल्म आगामी कात्तिक ११ गते रिलिज हुनेछ।

प्रचारका लागि निर्माण टिमले दुईवटाा पोस्टर सार्वजनिक गरेको छ। दुवै पोस्टरमा हरिवंश आचार्य छन्। एउटा पोस्टरमा भने भने हरिवंश र गौरी मल्ल बेहुलाबेहुलीको लुकमा भागिरहेको देख्न सकिन्छ।

षट्कोण आट्स प्रस्तुती रहेको फिल्मको निर्माता दिपेश खत्री हुन्। रविन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको छ।

फिल्ममा हरिवंश, मदनकृष्ण र रविन्द्रका साथै गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना क्षेत्री, शिखा तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img