spot_img

spot_img

दुबईबाट नेपाल ल्याइँदै गरेको चुरोट वीरगञ्जमा बरामद

बिरगंज – विरगन्जको सुख्खा बन्दरगाहामा दुबईबाट भारत हुँदै आएको कन्टेनरमा ठुलो मात्रामा विदेशी चुरोट बरामद भएको छ । मुङको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाखभन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको छ । गुडाङ गरम नामको विदेशी तस्करी गरिएको चुरोट अहिले पनि बजारमा छ्यापछ्याप्ती पाइने भएपनि यसरि भन्सारमा तस्कारी हुँदै गर्दा पक्राउ परेको भने पहिलोपटक हो ।

नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा हुने गरी बढाएपछी अहिले चुरोट एकदमै महङ्गो भएको कारणले र अत्याधिक कर लाग्ने भएकोले तस्करी गर्दा अत्याधिक फाइदा हुने हुनाले चुरोटको तस्करी ह्वात्तै बढेको छ । चुरोट एउटा यस्तो वस्तु हो जसको उत्पादन गर्न लाग्ने लागत भन्दा करको भार उल्लेख्य रुपमा बढी हुन्छ । जस्तो कि नेपालमा उत्पादन भइ विक्री हुने चुरोटमा कुल विक्री मुल्यको ५५ देखि ७० प्रतिशतसम्म कर लाग्ने गरेको छ ।

चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिमकर, मुअकर, भन्सार, अन्तःशुल्क स्टिकरलगायतका कर असुल गरिने गरेको छ।

हुनत अहिले पनि काठमाडौंको मुख्य बजारक्षेत्रमा विदेशी गैरकानुनी चुरोट हरेक जसो पसलमै पाइन्छ । स्वदेशी चुरोटभन्दा सस्तो पर्ने, प्याकेजिङमा देख्दै फोहोर देखिने चित्र नहुने, व्यापारीलाई धेरै फाइदा हुने आदी कारणले यी गैरकानुनी चुरोटले बजार लिएको देखिन्छ।

नेपालमा चुरोटको अवैध व्यापार तेस्रो मुलुकबाट गैरकानुनी रुपमा तस्करी भइ र सिमावर्तीक्षेत्रमा सिमापारबाट नेपालीब्राण्डकै नक्कली चुरोट बनाइ गैरकानुनीरुपमा नेपाल भित्र्याइने गरेको पनि पाइन्छ । नेपालको मधेस प्रदेशका अधिकासं जिल्लाहरुमा नक्कली चुरोटको व्यापार अधिक छ। सिमावर्ती क्षेत्रमा यसको व्यापार कानुनी चुरोट बराबर नै रहेको त्यसक्षेत्रका व्यवसायीहरु बताउँछन्।

नेपाल प्रहरी र राजस्व कार्यालयहरुले बेला–बेलामा यस्ता गैरकानुनी चुरोट पक्राउ गरे पनि यो नियन्त्रण हुनसकेको छैन । गत वर्ष सुर्य नेपाल प्रालीको निवेदनमा भारतको मुजफ्फ्परपुरमा रहेको नक्कली चुरोट उत्पादन गर्ने एक कम्पनीलाई कार्वाही समेत भएको थियो । यि सबका बाबजुद धेरै कर लाग्ने उत्पादन भएकोले कर छल्दा ठुलो मुनाफा हुने भएकोले तस्करी नियन्त्रण हुनसकेको छैन।

यसरी हुने गैरकानुनी व्यापारले स्वदेशी उद्योग र नेपाल सरकार दुबैलाई उल्लेख्य मात्रामा नोक्सान पुर्याइरहेको छ । जानकार स्रोतका अनुसार नेपालमा हुने अवैध चुरोट, खैनी, गुट्खालगायतका अन्य सुर्तिजन्य पदार्थको तस्करि, र अवैध व्यापारका कारण राज्यले एक वर्षमा करीव ९५० करोडको राजस्व गुमाइरहेको छ।

नेपालमा सुर्तीजन्य पदार्थविरुद्ध कार्य गर्ने एक संस्थाले केही समय अगाडी गरेको एक अध्ययनमा नेपालमा चुरोटको अवैध व्यापार कम रहेको प्रतिवेदन नेपाल सरकारको नेपाल राजस्व परामर्श बोर्डलाई बुझाएको थियो । तर, बजारमा देखिएको नक्कली चुरोटको व्यापार र अहिले ठुलोमात्रामा विरगन्जमा जफत भएको तस्करी हुँदै गरेको लगभग ६० लाख रूपैयाँ चुरोटले भने अर्कै सत्य उजागर गरेकोछ । यो एउटा प्रतिनिधी घटना हो, नेपालमा चुरोटको तस्करी बढ्दो छ । ६० देखी ७० प्रतिशत कर बच्ने भएपछी तस्करहरुका लागी यो सुन तस्करी जस्तै आकर्षक भएको छ । एक कन्टेनर चुरोट तस्करी गर्दा ६–७ करोडभन्दा धेरै कर बच्ने भएपछी तस्करहरुका लागी यो अत्यन्त आकर्षक वस्तु भएको छ ।  स्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...