पर्सा ३२ असार । ठाकुर राम बहुमुखी क्यामपसमा अध्यनरत गर्दै आएका दोश्रो वर्षको स्नातक परीक्षा वीरगन्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशीत विधार्थीहरुको समुहुले आज दोस्रो दिन पनि क्याम्पस प्रमुखको कार्यकक्ष भित्र र बाहिर तोडफोड गर्दै फर्निचरहरुमा आगजनी गरेका छन्। प्रदर्शनमा उत्रिएका विधार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षका टेबुल ,कुर्सी , बेन्च र सोफा बाहिर निकालेर आगजनी गरेका हुन् ।
विद्यार्थीहरुको संयुक्त संगठन बीच र प्रहरी बिच अहिले तनाव पूर्ण अवस्था बनेको छ । परीक्षा केन्द्र स्वयम् क्यामपस मा नहुने समय सम्म यो आन्दोलन जारी रहनेछ र केही सुनवाई नभए पछि थप कडाइको साथ आन्दोलन गर्ने छौ भने संयुक्त विद्यार्थी संगठन हरुको भनाई रहेको छ र यस भन्दा पनि आक्रोशित भएर थप आन्दोलनमा जाने छौ जस्तो कुरा विद्यार्थी नेता पवन यादव द्वारा जानकारी गराइएको छ।
ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परिक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बिएडको परिक्षा बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएपछि विधार्थीहरुले आक्राोश पोख्दै तोडफोड र आगजनी निरन्तर गर्दै आइरहेका छन।
क्याम्पस प्रमुख उमेश चौरसीयाले परिक्षा सेन्टर अन्य सारिएकोले क्याम्पसमा तोडफोड र आगजनीका घटना हुनु निन्दनीय भएको बताए ।परिक्षा सेन्टर क्याम्पस प्रमुखले नभइ त्रिभुवन विश्वविधालयको राष्ट्रिय परिक्षा बोर्डले तोक्ने भएकाले विधार्थीहरुले आफु पढेको शिक्षण संस्थामै क्षति पुरयाउनु दुर्भाग्य भएको उनले जानकारी गराए रहँदा पनि विधार्थी हरुले नमान्ने भएका छन्। निरन्तर फोन गरी रहँदा पनि क्याम्पस प्रमुख फोन रिसिभ नगरी , सम्पर्क विहिन हुनु भएकोले , विद्यार्थी हरुको समस्या लाई बुझ्ने कोही पदाधिकारी नहुनु नै आन्दोलन मुख्य एजेण्डा बनेको कुरा विद्यार्थी नेता यादव द्वारा जानकारी गराइएको छ।