Saturday, October 1, 2022
spot_imgspot_imgspot_imgspot_img

नेप्सेको ओरालो यात्रा कायमै

 


काठमाडौं।  ओरोलो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही मार्गमा केन्द्रीत रह्यो। चार दिनपछि खुलेको बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचक उकालो लाग्ने अनुमान गरिए पनि झण्डै १८ अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७।९३ अङ्कले घटेर दुई हजार ३५८।८१ मा सिमित भएको छ। त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।३४ अङ्कले ओरालो लागेर ४५१।१९ मा झरेको छ।

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर रु दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ मूल्यमा खरिद बिक्री भए।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आयो। उत्पादन १९४।८१ र लघुवित्त ६।३५ अङ्कले बढ्दा बैंकिङ ७।८६, व्यापार २।२४, होटल तथा पर्यटन ४५।०८, विकास बैंक ९२।४२, जलविद्युुत् ५२।७७, वित्त १७।८५, निर्जीवन बीमा १७०।१९, अन्य ३८।७३, जीवन बीमा १०६।०२, सामूहिक लगानी कोष ०।३७ अङ्कले ओरालो लागेका छन्।

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु १९ करोड २७ लाख १० हजार ६५१ बराबरको कारोबार भयो। यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ६६ लाख ४१ हजार १३८, कृषि विकास बैंक रु नौ करोड ४४ लाख ९९ हजार ५६९, नबिल बैंक रु आठ करोड ३६ लाख ७८ हजार १२७ र मञ्जुश्री फाइनान्स रु सात करोड पाँच लाख ६७ हजार २२९ बराबरको कारोबार भयो।

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लाग्यो। कृषि विकास बैंक ४।९९, माहुली सामुदायिक लघुवित्त ४।५३ र शिव श्री हाइड्रोपावरको शेयरधनीले ४।२८ प्रतिशतले कमाए।

त्यस्तै, माउण्टेन इनर्जी ६।१७, नारायणी डेभलपमेन्ट बैंक ५।८६, मैलुङ खोला जलविद्युत् कम्पनी ५।८३, तेह्रथुम पावर कम्पनी ५।३१ र समृद्धि फाइनान्सका लगानीकर्ताले ५।२० प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब १६ अर्ब ५५ करोड ३७ लाख ४१ हजार ७६५ बराबर पुगेको छ।

Website | + posts

सम्बन्धित समाचार

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो करिब ०३...

प्रतिक्रिया लेख्न नभुल्नुहोला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो...

प्रहरी नायब महानिरीक्षक आलमद्वारा ईलाका प्रहरी कार्यालय भवनको उद्घाटन।

वीरगंज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक...

Nepal News Express Daily TV

Video thumbnail
बारामा घुमुवाहरुको सेटिङमा कल्यानपुर,मुशहर्वा, छातवा लगायतको नाकाबाट तस्करी ।
00:58
Video thumbnail
प्रहरीको मिलोमतो मा बाराको प्रसौनी बाट कपडा र भैंसीको खुलेयाम तस्करी
04:06
Video thumbnail
सशस्त्र र प्रहरी दुवैतिर सेटिङ, बाराका सबै नाकाबाट तस्करी मौलायो
01:55
Video thumbnail
छिपहर माई गाउँपालिकामा मुख्य सडकको नाला फोहर ग्रष्त
05:13
Video thumbnail
सिक्टा बजारमा अनाधुन गोली प्रहार, साह घाइते
02:26
Video thumbnail
वीरगंजको भन्सारको अवस्था हेरी हाम्रो संवाददाताको कैमरामा कैदग भिडियो
04:37
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 3)
17:51
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 2)
07:58
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क (1)
05:28
Video thumbnail
पर्साको छिपहरमाई भिस्वा चौकको यूवाहरुद्वारा जल यात्रुहरुलाई फ्रूटी वितरण कार्यक्रम सम्पन (2)
02:51