spot_img

spot_img

नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले गिरावट – Nepal Views

काठमाडौं। साताको अन्तिम तथा पुस महीनाको पहिलो कारोबारको दिन शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।

पछिल्लो तीन सातादेखि शेयर बजारमा ठूलो उतारचढाव बढ्दै गएको छ। मंगलबार नेप्से १३७ दशमलव १८ अंकले बढेर परिसूचक २ हजार ४१८ दशमलव ८५ बिन्दुमा पुगेको थियो। तर, बुधबार ४ दशमलव २३ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३७६ दशमलव ७४ बिन्दुमा झरेको छ।

बुधबार ४ दशमलव २३ अंकले घटेर २ हजार ४१४ दशमलव ६२ बिन्दुमा ओर्लिएको थियो। ठूला लगानीकर्ताको मापन गर्ने सेन्सेटिभ इण्डेक्स ५ दशमलव ८८ अंकले घटेर ४५३ दशमलव ५३ अंकमा झरेको छ। त्यस्तै, फ्लोट इण्डेक्स २ दशमलव ४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ९९ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका २२४ कम्पनीको ५३ लाख ७९ हजार कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार साढे ४ अर्बको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेक सबै उपसमूह राताम्मे देखिएको छ। जसमध्ये विकास बैंक ३.६६ प्रतिशत, जलविद्युत ३.०१ प्रतिशत, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि आज नेपाल बङ्गलादेश बैंकको शेयर ९ दशमलव ९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५ दशमलव ३५ प्रतिशत , माउन्टेन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। मैलुङ्ग खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो र हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा प्रभु बैंकको सबैभन्दा बढी ९ करोड ४३ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

सशस्त्र प्रहरी पर्सा द्वारा ३६ लाख मूल्य बराबरको अवैध समान बरामद

धिरज बर्णवाल वीरगन्ज। सशस्त्र प्रहरी पर्साले ३६ लाख बराबरको भन्सार छलिका समान बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ स्थित भुट्न देवी मन्दिर...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

अमेरिकाबाट नेपाल गाँजा मगाउने तीनजना पक्राउ

बारा, १७ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले अमेरिकाबाट पार्सल गरी पठाईएको एक किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । विदेशबाट लागु औषध डिलेभरी हुँदैछ...

हैप्पी न्यू इयर २०२४ भन्दै भारतीय पर्यटकहरुको नेपालमा

वीरगंज, १६ पुस । सन् २०२४ का दिन वीरगंज भएर भारतीय पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल आएर नयाँ वर्ष मनाउंदै छन् । भारतको बिहार,...

तराईको जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर

वीरगंज १५ पुस । तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लाग्ने गरेकोले अत्याधिक चीसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । तराईको जिल्लाहरूमा तीन दिनदेखि घाम...